×
Lagani
Lagani Shiksha gif
ग्लोबल आइएमई बैंकले असारको ब्याजदर यथावत् राख्यो, मुद्दती निक्षेपमा अधिकतम ४.५० प्रतिशत



काठमाडौं, ३१ जेठ । बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर घटबढ भइरहेका बेला ग्लोबल आइएमई बैंकले असार महिनाका लागि भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएको छ। बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा कुनै परिवर्तन नगरी पुरानै ब्याजदर कायम राख्ने निर्णय गरेको हो।

सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५० प्रतिशतसम्म प्रतिफल पाइनेछ। संस्थागत निक्षेपकर्ताका लागि भने अधिकतम ३ प्रतिशत ब्याजदर कायम गरिएको छ। जेठ महिनामा लागू गरिएको यही दर असारमा पनि यथावत् राखिएको बैंकले जनाएको छ।

Lagani Shiksha gif

व्यक्तिगत निक्षेपतर्फ ३ देखि ६ महिनाभन्दा कम अवधिका लागि २.८५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ३ प्रतिशत तथा १ वर्षदेखि २ वर्षसम्मका लागि ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। त्यसैगरी २ वर्षदेखि ३ वर्षभन्दा कम अवधिका लागि ४.२५ प्रतिशत र ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि ४.५० प्रतिशत ब्याजदर उपलब्ध हुनेछ।

संस्थागत मुद्दती निक्षेपमा ६ महिनादेखि २ वर्षभन्दा कम अवधिका लागि २.७५ प्रतिशत तथा २ वर्ष वा सोभन्दा बढी अवधिका लागि ३ प्रतिशत ब्याजदर तोकिएको छ।

बैंकले निक्षेप संकलनलाई स्थिर राख्ने रणनीतिअनुसार ब्याजदरमा कुनै फेरबदल नगरेको जनाएको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएका कारण अधिकांश बैंकहरूले पनि ब्याजदर स्थिर राख्ने नीति अपनाइरहेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस