SHLB 1886.9 1.9 ANLB 4453.1 47 RBCLPO 12300 88 NWCL 975 -13.9 SCB 691.1 3.6 SAGF 9.31 0.01 RURU 740 -9.8 NMB 263.9 -7.1 ENL 1102 -18 SRBLD83 1065 -10 CIZBD86 1060 -10 MFLD85 1050 -20 ILBS 980 -21.5 SPHL 666.9 16.9 HEIP 381.8 20.8 SBL 345 -8.1 MMKJL 543.6 9.6 KBL 234 -6.9 NHPC 220.1 0 CITY 805 -17 JBLB 1534 -3 MLBSL 2000 -26 SPC 520 5 NBL 292.2 1.2 SIGS2 10.05 0 GMFBS 1512.1 -16.9 SJLIC 477 -7.5 ULBSL 3199 37 MBL 255 -4 NMBD87/88 1027 -3 NABIL 594 3 MBJC 321 -8 AKPL 248.5 -2.5 CHL 353 0.4 UMRH 475 -1.9 RBCL 17071 -109 FOWAD 1479 0 SIKLES 707 -3 HIDCLP 183 -2 NLO 242.1 0
×
लगातार तिन दिन स्थिर रहेको अमेरिकी डलरको भाउ बढ्याे, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?



काठमाडौ, चैत्र २१ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । लगातार तिन दिन स्थिर रहेको अमेरिकी डलरको कारोबार भाउ आज ०४ पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम गरिएको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा तोकिएको थियो । 

आज यूरोपियन युरो एकको खरिदमूल्य १४७ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ०८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसाले बढेको छ । यसअघि बुधबार एक युरोको खरिदमूल्य १४७ रूपैयाँ २१ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ८५ पैसा तोकीएको थियो ।    

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ३० पैसा र बिक्रीमा ९५ रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३७ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७६ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा र बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस