NLICL 606 -4 GHL 218.5 -1.1 SGIC 641.2 -4.8 TVCL 461 1 CORBL 958.8 -10.2 MBLD2085 1085 6.5 BARUN 379 -6.1 WNLB 2650 -80 UNL 48870 -930 NIBSF2 8.9 0.08 SIGS3 9.45 0.09 CGH 909 -5 SMB 1809 4 SICL 832 0 PMHPL 260 -4 MLBSL 2000 -26 MKJC 467.9 -1 MNBBL 395.8 -0.8 SAEF 11.22 0.17 SBLD84 1040 19.3 SBID83 1098 8.7 SHEL 242.9 -4.7 KBLD86 1115 0 NLIC 814 -13.4 SBL 345 -8.1 GLBSL 1600.4 -29.6 CIT 2195 0 BOKD86 1040 18 NRM 426.1 -4.9 MFIL 768 48 KEF 9 0.28 LVF2 9 0 GFCL 1051.1 6 TSHL 909 -11 NBLD85 1025 0 NHDL 570 0 MERO 760 0.5 SJCL 326 -3.7 SMATA 875 -16 H8020 10.2 -0.05
×
आज तेश्रोदिन पनि डलरको भाउ स्थिर, अन्यको अवस्था कस्तो ?



काठमाडौ, बैशाख ०८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ आज तेश्रोदिन पनि स्थिर रहेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ । शनिबार देखी अमेरिकी डलरको भाउ सोही मूल्यमा खरिदबिक्री भएको छ ।   

आज यूरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ९६ पैसा तोकिएको छ । यसअघि आइतबार युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ०३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ७१ पैसामा कारोबार थियो ।     

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ २९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ४२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस