NIMB 241.9 -9.1 EBL 605 5 RMF2 9.21 -0.13 MATRI 1405 -8 CLI 634 -4.9 MKCL 1497 -26 NIBLGF 9.1 0.38 NFS 1350 -43 OHL 925 -9 NICFC 8.97 -0.33 SNLI 585.1 -0.9 GFCL 1051.1 6 PFL 652 -1 RBCLPO 12300 88 MHCL 410 -7 NMBMF 695 -10 KEF 9 0.28 CZBIL 242 -10 SBLD89 1200 16.1 KSY 9.22 -0.19 MKHC 339 -1 PRVU 248 -10 CKHL 632 -8 SMPDA 910 -1 NICD88 1032 -21 NRIC 803 -5 NBLD85 1025 0 NICGF2 8.78 -0.02 UNHPL 266 0 MEN 631.1 -3.9 TAMOR 482.9 -2.1 SBD87 1048 11.9 NGPL 472 -2.9 SWBBL 1065 2.1 LVF2 9 0 ULBSL 3199 37 MLBBL 1635 15 NYADI 305.4 -6.6 CGH 909 -5 NHPC 220.1 0
×
आज पनि ३० अर्ब निक्षेप निकाल्दै राष्ट्र बैंक



काठमाडौं, ३ बैशाख । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि आज राष्ट्र बैंकले ३० अर्ब निकाल्दैँछ । 

 

बुधबार फेरि ३० अर्ब रुपैयाँ झिक्नका लागि राष्ट्र बैंकले निक्षेप संकलनको सूचना जारी गरेको हो।

 

लामो समय देखिको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको सुचनामा उल्लेख गरिएको छ ।

 

निक्षेप संकलन औजारमार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्नुपर्नेछ। सूचनामा कम्तीमा १० करोड र बढीमा ५ अर्ब रुपैयाँसम्म भाग गरी निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने उल्लेख छ। 

 

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

 

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस