RURU 740 -9.8 NHPC 220.1 0 MATRI 1405 -8 SAPDBL 569.6 -7.4 MFIL 768 48 NMB50 10.3 0.05 FOWAD 1479 0 GBILD86/87 1030 4 ALICL 714.5 -1.2 JBBL 351 -3.1 SAHAS 505 28 KKHC 260 -2 AKPL 248.5 -2.5 USHL 783.2 -13.7 NBLD85 1025 0 SBD87 1048 11.9 NICLBSL 705.5 -7.5 PHCL 465.1 -9.9 ADBL 367 -11.1 SPDL 310 5 BOKD86 1040 18 RLFL 625 6.9 SNLI 585.1 -0.9 SINDU 667 -6 GILB 1268.4 4.4 HHL 439 -3.2 SKBBL 934 -3 SCBD 1111 6 RAWA 889 29 ANLB 4453.1 47 NMB 263.9 -7.1 NFS 1350 -43 SIKLES 707 -3 HPPL 316.3 -3.6 JFL 655 6 TPC 465 6 SFMF 10.2 -0.2 MFLD85 1050 -20 SLBBL 958.9 -4.2 LBLD86 1081 -0.2
×
करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक



काठमाडौं, २ वैशाख । 

उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

 

अनुगमनका क्रममा मङ्गलवार थप २ व्यवसायी माथि कारबाही गरेको छ । विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ । 

उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुर स्थित पशुपति इन्टरनेश्नल बिजनेस प्रा.ली.लाई कारबाही गरी ३ दिन भित्र कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

उक्त प्रा.ली.ले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको हो ।

 

यस प्रा.ली.का सामग्रीहरूमा तौलमा समेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको विभागले जनाएको छ ।

यसै गरी पशुपति ट्रेडिङ्ग कन्सर्न काठ्माण्डौँलाई पनि कागजात सहित ३ दिन भित्र विभागमा उपस्थित हुन सूचना दिएको छ । 

यसअघि आइतबार गरिएको अनुगमनका क्रममा काठ्माण्डौँ–२२ स्थित आनन्द ट्रेडर्सलाई २ लाख रकम जरिवाना गरिएको छ । उक्त फर्मलाई उद्योगबाट उत्पादित बस्तुमा एमआरपी सहित लेबल लगाएर बिक्री गर्न निर्देशन दिइएको छ ।

 

त्यसै गरी बुढानिलकण्ठ स्थित ट्रियु फामेशिया र स्किन फार्मेशीको नमुना सङ्कलन गरी बिक्री वितरण रोक्का गरेको छ । 

आइतबार नै गरिएको अनुगमनमा मधुगंगा इन्टरप्राइजेज, मित्रलाल पौडेल र सजिलो रेन्टल प्रालिलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन तथा कारबाहीलाई प्रभावकारी बनाइरहेको जनाएको छ ।

सरकारले बजारमा बिक्री गरिने सबै सामग्रीहरूमा अधिक्तम खुद्रा बिक्री मूल्य(एमआरपी) अनिवार्य गरेको छ । एमआरपी बिनै सामग्री बेच्नेलाई कारबाही गर्न सुरु गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस