×
लगानी शिक्षा : नेट वर्थ भनेको के हो ? लगानी गर्दा नेट वर्थको प्रयोग कसरि गर्ने ?



कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको कूल जोड नै कम्पनीको नेट वर्थ हो ।

नेट वर्थलाई कम्पनीको कूल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेट वर्थ प्राप्त हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, नेट वर्थ भनेको कम्पनीको स्वामित्वमा रहेको सबै सम्पत्तिको मूल्य थपेर र त्यसबाट सबै दायित्वहरू अर्थात् खर्चहरू घटाएपछि निस्कने रकम हो।

राम्रो नेटवर्थ भएका कम्पनीहरूलाई बढी भरपर्दो मानिन्छ। सेयर बजारको कुरा गर्ने हो भने कम्पनीको नेटवर्थ हेरेर मात्रै कम्पनीको सेयरमा लगानी गर्न मानिसहरु चासो देखाउँछन् । नेट वर्थ वित्तीय प्रगति ट्र्याक गर्न को लागी एक उपयोगी उपकरण हो।

सेयर बजारमा नेट वर्थको प्रयोग : 

धेरै लगानीकर्ताहरूले कम्पनीहरू नेट वर्थको आधारमा मूल्याङ्कन गर्छन्, यसले उनीहरूलाई कम्पनीको वित्तीय अवस्थाहरू बुझ्न र सम्भावित लगानीका अवसरहरू पहिचान गर्न मद्दत गर्दछ। उच्च नेटवर्थले कम्पनीको राम्रो वित्तीय अवस्थाको बारेमा बताउँछ। त्यस्तै, न्यून वा ऋणात्मक नेटवर्थले कमजोर आर्थिक अवस्थालाई जनाउँछ। प्राय जसो बढी नेट वर्थ भएको कम्पनीनै लगानीकर्ताको रोजाइमा हुन्छ।

कसरि प्रयोग गर्ने :

लगानी गर्नु अघि कम्पनीले प्रकासन गरेको वित्तिय विवरण हेर्नु पर्दछ। कति नेट वर्थ भएको कम्पनीको सेयर किन्ने भनेर सजिलै भन्न सकिन्न। कति नेट वर्थ भएको कम्पनी राम्रो हो भनेर पनि सामान्यतया भन्न सकिदैन। किनभने फरक फरक सेक्टर अनुसार नेट वर्थ फरक हुने गर्दछन। हामीले सेयर किन्दा एउतै सेक्टरको तुलनामा धेरै नेट वर्थ भएको कम्पनीलाई प्राथमिकता दिनु पर्दछ।

नेट वर्थ कसरि गणना हुन्छ ?

कुनै संस्थाको स्वामित्वमा रहेका सबै सम्पत्तिहरू जोडेर र त्यसपछि तिनीहरूको दायित्व घटाएर नेट वर्थ गणना गर्न सकिन्छ। सम्पत्तिमा नगद, लगानी, घर जग्गा समावेश हुन सक्छ। दायित्वहरूमा धितो, ऋण, क्रेडिट कार्ड ऋण, र अन्य वित्तीय दायित्वहरू समावेश हुन सक्छन्।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस