×
क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने (फोटो फिचर)



समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ ।

समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य १४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा तीन चौकासहित रन बनाएर अविजित रहे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा तीन चौकासहित अविजित २७ रन जोडे ।

वान् डाउनमा क्रिजमा उत्रिएका कुशल मल्ल ‘गोल्डन डक’ भएका थिए । क्यानडाका सलमान नजर र कलिम सानाले समान एक विकेट लिए ।टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पार्‍यो । क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोडेका थिए । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए ।यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट कुशल मल्लले समान एक विकेट लिए । ग्लोबल छनोटको समूह ‘ए’ बाट आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स युएई सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

छनोटको पहिलो खेलमा नेपालले शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३८ रनले पराजित गरेको थियो ।

SI M9173 क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने (फोटो फिचर) SI M9228 क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने (फोटो फिचर) SI M9215 क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने (फोटो फिचर) SI M9048 क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने (फोटो फिचर) SI M9082 क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने (फोटो फिचर) SI M9151 क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने (फोटो फिचर) SI M9118 क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने (फोटो फिचर) SI M9148 क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने (फोटो फिचर)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस