इमर्जिङ्ग नेपाल लिमिटेडले आज अर्थात माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले निष्काशन गरेको आईपीओ मेरोशेयरमा खुलीसकेको छ। लगानीकर्ताले अब मेरोशेयर एप अथवा वेवसाइट देखि आवेदन दिन सक्ने छन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न गरेको हो । यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन पर्ने भएको हुदा १० कित्तानै आवेदन दिनु ठिक देखिन्छ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
आईपियो भर्दा ध्यान दिनुपर्ने कुराहरु :
>> आफ्नो खातामा आवेदन दिन लागेको आईपियोको पर्ने मूल्य जति पैसा छ या छैन यकिन गर्ने ( आज भोलि १० कित्ता भन्दा बढी नपर्ने हुदा सर्बसाधारणको लागि खुलेको आईपियोमा १० कित्ता नै आवेदन दिदा वेस हुन्छ )
>> २ वटा डिम्याट खाता छ भने १ वटा बाट मात्र भर्नु पर्ने हुन्छ
>> बैंक खाता फ्रीज भए नभएको एकिन गर्ने (नावालकको हकमा १८ वर्ष ओउरा भएसी बैंक खाता फ्रिज हुने हुदा बैंकओए भरेको आईपीयो वेरिफाई गर्दैन )
>> आफुले आवेदन दिदा भरेको कुरा ठिक छ या छैन एकिन गर्ने
>> डिम्याट खाता र मेरो शेयर समयमै नविकरण गर्ने
आवदेन दिने तरिका :
सर्ब प्रथम अनलाइनबाट आइपियो भर्न तपाइले बैकबाट मेरो शेयर युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने CRN नम्बर पनि लिनु पर्ने हुन्छ।
आइपियो भर्न तपाइले मेरो शेयर एप साथै वेव पनि प्रयोग गर्न सक्नु हुने छ। वेब बाट आइपियो भर्न तपाइले आफ्नो क्रोम ब्राउजरम meroshare.cdsc.com.np इन्टर गर्नु पर्ने हुन्छ भने एप बाट भर्न एप् ओपन गर्नु पर्ने हुन्छ । त्यसपछी तपाईले आफुले (DEMAT )दिम्याट बनाएको बैंक को नाम सेलेक्ट गर्नुहोस् ।

बैंकले दिएको युसर नेम र पासवर्ड हालेर लग इनमा क्लिक गर्नुहोस। तपाइले पहिलो चोटि मेरोशेयर खोल्दै हुनु हुन्छ भने चार अंकको पिन पनि बनाउनु पर्ने हुन्छ जुन पछी आइपियो भर्न प्रयोग हुने गर्छ। त्यसपछि मेरो शेयरको dashboard ओपन हुने छ। dashboard ओपन भएपछि माइ अस्बा ( my asba ) मा क्लिक गर्नुहोला।
Current issueमा अहिले बिक्रि भइ रहेको शेयरको बारेमा देख्न सक्नु हुने छ। त्यसपछि तपाइले apply for issue मा क्लिक गर्नुहोस।

त्यहा आफुले खरिद गर्न चाहेको कम्पनि रोजेर apply मा क्लिक गर्नुहोस। क्लिक गरिपछि तपाइले आफ्नो बैंक सेलेक्ट गर्नुहोस र applied kittaa मा आफुले खरिद गर्न चाहेको कित्ता हाल्नुहोस।

आफ्नो बैंकले दिएको crn नम्बर हालेर तल टिक गरि proceed मा क्लिक गर्नुहोस। त्यसपछि आफुले सुरुमा बनाएको ४ अंकको पिन हान्नुहोस।

अनि तपाइको शेयर को आवेदन पुरा हुने छ। तपाईलाइ शेयर परेपछि परे वापतको पैसा काटिने छ भने नपरेको पैसा तपाईको खातामै रहने छ। तपाईले आवेदन दिएपछि Application Report मा गएर आवेदन पुरा भए नभएको हेर्न सक्नु हुन्छ। साथै पहिला भरेको आईपियोको विवरण पनि त्यहि बाट हेर्न सक्नुहुने छ।

याद राख्नुहोस तपाइले आवेदन दिदा आवेदन दिएको बराबरको पैसा तपाइको बैंक खातामा हुनु पर्ने छ। यदि तपाइको दुइ वटा दिम्याट खाता छ भने एउटा बाट मात्र आवेदन दिनु होला नत्र तपाइको आवेदन रद्ध हुने छ।







