×
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४५ पैसा र बिक्री दर ११९ रुपैयाँ पाँच पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ र बिक्री दर १३५ रुपैयाँ ६८ पैसा छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ७८ पैसा र बिक्री दर १६२ रुपैयाँ ६० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८८ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४१ पैसा र बिक्री दर ८५ रुपैयाँ ८४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ७० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ५० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८४ पैसा र बिक्री दर ३२ रुपैयाँ छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९४ पैसा र बिक्री दर नाै रुपैयाँ ९९ पैसा कायम भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस