×
Lagani
Lagani Shiksha gif
शेयर बजारमा भारी गिरावट , यी कम्पनीका लगानीकर्ता भने मालामाल



धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज भारी गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको हो ।अधिकांश उपसूचक राताम्मे भएका छन् । यो दिन १ करोड ७० लाख ६३ हजार ८३३ सेयर कित्ता ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँमा कारोबार भएको छ ।

Lagani Shiksha gif

कुल २१७ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ८ कम्पनीको सेयर मूल्य भने उकालो लागेको छ । साथै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । साथै ज्योति लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, जनउत्थान सामूदायिक लघुवित्त विकास बैंक र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यसमेत बढेको छ ।

कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । विन लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ५ दशमलव ५० र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य रू. ३८२ दशमलव ३४ पुगेको छ ।

यो दिन सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ दशमलव ८२ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४४० दशमलव ६० मा झरेको हो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा नोक्सानीमा गएको वित्तीय विवरण सार्वजनिक गरेसँगै शेयरमा खरीदकर्ताभन्दा विक्रेता हावी हुँदा शेयरमूल्य घटेको हो ।

त्यसैगरी दोस्रोमा माउण्टेन हाइड्रो नेपाल लिमिटेडको शेयरमूल्य ७ दशमलव ७१ प्रतिशतले घटेर प्रतिकित्ता रू. ४८५ मा झरेको छ ।  त्यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । यो दिन उक्त कम्पनीको रू. ३८ करोड ३४ लाख २४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२३ कायम भएको छ । त्यसैगरी दोस्रोमा एनआईसी एशिया बैंकको रू. ३६ करोड ७३ लाख ६४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । सोमवार कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस