×
Lagani
Lagani Shiksha gif
कोभिडको पहिलो र दोस्रो लहरमा नयाँ रेकर्ड बनाएको शेयर बजार तेस्रो लहरमा के होला ?



कोभिड- १९ को तेस्रो लहरबाट नेपाल पनि अछुतो छैन ।

पछिल्लो समय दैनिक १०र१२ हजार नयाँ संक्रमित भेटिएसँगै अव सरकारले के गर्ला भन्ने सबैको चासो छ ।तर शेयर बजारका लगानीकर्ताहरुको चासो भने संक्रमणको ग्राफ जे सुकै भएपनि शेयर बजारको ग्राफ कतातिर जान्छ भन्नेमै छ ।

Lagani Shiksha gif

हुन पनि हो, पहिलो र दोस्रो लहरमा नयाँ रेकर्ड बनाएको नेपालको शेयर बजार तेस्रो लहरमा कता जाला त ? बजारको अहिलेको प्रकृति हेर्दा नयाँ रेकर्ड बनाउँने दिशातर्फ नै अघि बढेको बजार विश्लेषकहरुले बताएका छन् ।

कोभिडको तेस्रो लहरले पनि शेयर बजारलाई प्रभाव पार्ने हु्ँदा नयाँ रेकर्ड बन्ने निश्चित जस्तो भएको इन्भेष्टर फोरमका अध्यक्ष तुल्सीराम ढकाल बताउँछन् । कोभिडको तेस्रो लहर फैलन नदिन लकडाउन भए व्यापार व्यवसायमा जाने पैसा शेयर बजारमा भित्रिने हुँदा बजार बढ्न सहयोग पुग्ने उनको आकलन छ । एउटा नयाँ उचाइमा पुग्न विश्राम लिएजस्तै बजारले पनि अहिले विश्राम लिएको ढकालको भनाइ छ ।

चुनावका कुराले गर्दा पनि बजारले नयाँ उचाइ लिन सक्ने उनको विश्वास छ । यसअघि बजार घटेर २ हजार ३०० विन्दु तल आउनुपर्ने प्राविधिक कारणनै नरहेको बजार विष्लेशक अनलराज भट्टराईले बताए ।

‘बजारको बढ्नु र घट्नु आफ्नै विशेषता भएपनि यसमा विभिन्न कुराले असर गरेको हुन्छ’, भट्टराईले भने, ‘यो बीचको समयमा बजार घटेर २ हजार ३०० विन्दु तल झरेको थियो । बजार यसरी घट्नु पर्ने केही प्राविधिक कारण थिएन ।’

यही बिचमा कहिले केन्द्रीय बैंकलाई, कहिले अर्थ मन्त्रालयलाई, कहिले धितोपत्र बोर्डलाई दोष लगाए पनि नियामकले बजारलाई माथि लग्ने र तल झार्ने नियम नबनाउने भट्टराईको भनाइ छ ।नियामकको ध्यान जहिले पनि वित्तीय स्थायित्व कसरी कायम गर्न सकिन्छ, पूँजीबजारलाई कसरी विकास गर्न सकिन्छ भन्नेमा हुने उनले बताए ।

नेपालको इमर्जिङ इकोनोमीमा कुल गार्हस्थ उत्पादन(जीडीपी) को साइज पनि बढ्दै गएकाले स्टक मार्केट पनि बढ्दै जाने उनको विश्लेषण छ ।

‘बजार नबढ्ने भन्ने चाहीं म देख्दिन’, भट्टराईले भने, ‘किन भने वित्तीय क्षेत्र मात्रै रहेको शेयर मार्केटमा अरु सेक्टरका कम्पनीहरु आवद्ध हुँदै गएपछि बजार गतिशिल नै हुन्छ ।’ यसअघि बढेको बजार लकडाउनका कारण मात्रै वृद्धि नभएको शेयर बजारका प्राविधिक विष्लेशक विष्णुप्रसाद बस्यालले बताए ।

‘पछिल्लो समय लकडाउन हुँदा बजार १६ प्रतिशत मात्र वृद्धि भएको थियो’, बस्यालले भने, ‘जवकी लकडाउन हुनुपूर्व नै बजार १३० प्रतिशत बढेको थियो ।’ पहिल्लो समय लकडाउन हुने वित्तीकै बजार बढ्छ भनेर गलत सोच बनाइरहेको पनि उनको आरोप छ ।

‘पछिल्लो समय बजार घटेको जस्तो देखिएको छ । अझै पनि बजार एक १५० अंक घट्न सक्छ’, बस्यालले भने, ‘अहिले २ हजार ८०० विन्दुमा बजारले टेवा लिएको छ । अझैमाथि जाने सम्भावना बलियो छ ।’ बजार बढ्नलाई तरलता सहज हुनुपर्ने पनि उनले बताए ।

‘बैंकिङ च्यानलबाट आएको लगानी अरु क्षेत्रमा प्रोत्साहन नहुँदा शेयर बजारमा आउने गर्छ । यो अभ्यास नेपालमा मात्र नभएर विश्वभरी नै छ’, उनले भने, ‘अहिलेको स्थिति हेर्दा बजार बढ्ने संकेत देखिन्छ । मुख्य आधार हेर्ने हो भने तरलता सहजता नै हो । अर्को कुरा चाहीं कम्पनीहरुले कमाउने नाफामा पनि भर पर्छ अहिले बजारमा सूचीकृत सबैजसो कम्पनीले कमाइरहेकै छन् ।’ कसैले पनि घाटा व्यहोर्नु परेको छैन ।’बजार बढ्ने अर्को कारण खोज्ने हो भने पूँजीबजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या थपिनु रहेको उनले बताए ।

२०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । यो हालसम्मकै बढी मूल्यको शेयर कारोबार थियो । त्यस्तै २०७८ भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

सो दिन परिसूचक ३ हजार २०० विन्दुमाथि पुगेको थियो । त्यसयता बजार घटेर मंसिर २७ गते २ हजार २५९ विन्दुसम्म झरेको थियो । पुनः निरन्तर उकालो लागेको बजार अहिले २ हजार ९०० विन्दु माथि छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस