×
Lagani
Lagani Shiksha gif
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले दिए आवेदन, को – को छन् दौडमा ?



नेपाली पूँजीबजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार निर्धारित अन्तिम दिन बिहीवारसम्मको अवधिमा अध्यक्ष पदका लागि १५ जनाको निवेदन दर्ता भएको हो ।

Lagani Shiksha gif
sharehubapk नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले दिए आवेदन, को - को छन् दौडमा ?

मन्त्रालयका अनुसार नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उपकार्यकारी निर्देशक डा नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व सीईओ सीताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईं, चितवनका अनिल पौडेलले निवेदन दर्ता गराएका छन् ।

यसैगरी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा गोपाल भट्ट, केशवप्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अम्गाईं, हेमन्त बस्याल, रमेश हमाल र अम्बिका शर्मा लामिछानेले समेत सोही पदका लागि आवेदन दर्ता गराएका छन्।

त्यस्तै रमेश अधिकारी, खगेन्द्र कटुवाल,कृष्णराज पोखरेल, मुक्ति अर्यालले पनि आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेपछि बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्त गर्न लागेको हो । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो ।

यसअघि भने १२ जनाले अध्यक्षका लागि आवेदन दिएका थिए । अध्यक्ष छनोट गर्न गठन गरेको छनोट समितिमा कानूनी अडचन देखिएपछि अर्थ मन्त्रालयको छनोट तथा सिफारिस समितिले पुनः दरखास्त आह्वान गरेको हो । उक्त समितिले अवको केहि दिनमा दर्ता भएका निवेदन उपर छानविन गरी अन्तरवार्ता लागि बोलाउने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस