×
Lagani
Lagani Shiksha gif
हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गर्नेछ। कुल छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाका लागि छुट्याइएको छ। यी क्षेत्रलाई आयोजनाको अति प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।

Lagani Shiksha gif
sharehubapk हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

बाँकी ६ लाख ७६ हजार कित्ता सेयर बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडामा स्थायी रूपमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसअनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आफ्नो स्थायी बसोबासको क्षेत्रअनुसार सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन्।

दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। तर, आवेदन दिने अन्तिम मिति भने समूहअनुसार फरक छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओको निष्काशन छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखाबाट आवेदन दिन सक्नेछन्। यसका साथै लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट पनि आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाले आवेदन फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। उनीहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस