×
Lagani
Lagani Shiksha gif
काठमाडौँ उपत्यकामा आजदेखि असोज ३० गतेसम्म यी स्थानमा ग्यास वितरण गरिने



नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा आजदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास वितरण गर्ने भएको छ ।

संघले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा विभिन्न बिक्री केन्द्रबाट वितरणको व्यवस्था मिलाएको जनाएको छ।

Lagani Shiksha gif
sharehubapk काठमाडौँ उपत्यकामा आजदेखि असोज ३० गतेसम्म यी स्थानमा ग्यास वितरण गरिने

पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको उल्लेख गरेको छ । संघका अनुसार भदौ महिनामा मात्रै ४ लाख २१ हजार ६६१ सिलिन्डर ग्यास बिक्री तथा वितरण भएको थियो ।

काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गए पनि चाडबाडको समयमा केही उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एकअर्काको खाली सिलिन्डर साट्नसमेत समस्या भएको गुनासो आएपछि वितरणको विशेष व्यवस्था मिलाइएको संघले जनाएको छ ।

संघका अनुसार आजदेखि असोज ३० गते शुक्रबारसम्म तोकिएका स्थानबाट बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास वितरण गरिनेछ ।

ग्यास वितरणका लागि सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्स, पेप्सीकोलास्थित पेप्सीकोला बिक्री केन्द्र, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि रहेका नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणीका बिक्री केन्द्र तोकिएका छन्। त्यस्तै, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण, हरिसिद्धिमा श्रीराम, चपली बूढानीलकण्ठमा भागु, हरिसिद्धिमा नेपाल र एचपी, कलंकीमा गीता तथा आरके ट्रेडर्स र सतुङ्गलमा श्रीमाया बिक्री केन्द्रबाट पनि ग्यास वितरण गरिने संघले जनाएको छ।

संघले तोकिएका बिक्री केन्द्रमा सम्बन्धित ग्यास उद्योगकै सिलिन्डर साट्ने व्यवस्था गरिएको जनाएको छ। अन्य बिक्री केन्द्रमा सिलिन्डर साट्न नपाइने भएकाले उपभोक्तालाई सम्बन्धित उद्योगको सिलिन्डर लिएर मात्र ग्यास खरिद गर्न संघले अनुरोध गरेको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष विद्यान चन्दले उपभोक्तालाई तोकिएको समय र स्थानबाट ग्यास खरिद गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस