×
Lagani
Lagani Shiksha gif
महिलाको नां*गो भिडियो बनाएको र पैसा मागेको आरोपमा रास्वपा सांसद खगेन्द्र सुनार विवादमा



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीलाई ब्ल्याकमेल गरेको, अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोप सार्वजनिक भएको छ।

जनआस्थाले यस प्रकरणसँग सम्बन्धित चारवटा अडियो संवाद र बैंकिङ कारोबारको विवरण सार्वजनिक गर्दै सुनारमाथि गम्भीर आरोप उठाएको हो। जनआस्थाका अनुसार, सुनारले ती महिलालाई विवाह गर्ने प्रलोभनमा पारेको, निजी भिडियो बनाएको र त्यसैलाई आधार बनाएर दबाब दिने गरेको आरोप छ। सार्वजनिक अडियो संवादमा निजी भिडियो, फेसबुक खाता र रकमको विषयलाई लिएर विवाद भएको सुनिन्छ। संवादमा महिलाले आफूलाई धम्की दिइएको र निरन्तर दबाबमा राखिएको गुनासो गरेको जनआस्थाले उल्लेख गरेको छ।

Lagani Shiksha gif
sharehubapk महिलाको नां*गो भिडियो बनाएको र पैसा मागेको आरोपमा रास्वपा सांसद खगेन्द्र सुनार विवादमा

अडियोमा रकम मागिएको, पैसा नदिए गम्भीर परिणाम भोग्नुपर्ने आशयका धम्की दिइएको तथा महिलालाई राजीनामा दिन दबाब दिइएको विषयसमेत रहेको जनआस्थाको समाचारमा उल्लेख छ। महिलाले आफूलाई कुटपिट गर्ने र ज्यान मार्ने धम्कीसमेत दिइएको गुनासो गरेको विवरणमा जनाइएको छ।

यस प्रकरणमा बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रसंगसमेत जोडिएको छ। जनआस्थाका अनुसार, ती महिलाले आफूलाई परेको समस्याबारे पाण्डेलाई जानकारी गराउँदै सुनारलाई सम्झाइदिन आग्रह गरेकी थिइन्। पाण्डेले आफू मुख्यमन्त्री रहेका बेला ती महिलाले श्रीमान्बाट कुटपिट भएको भन्दै गुनासो गरेको प्रसंग सम्झिएको जनआस्थालाई बताएका छन्।

जनआस्थाले सुनारसँग सम्बन्धित बैंकिङ कारोबारको विवरणसमेत सार्वजनिक गरेको छ। समाचारमा विभिन्न बैंकका खातामा भएका कारोबार तथा बेलायत, जापान र भारतलगायतका देशबाट रकम आएको भनिएको विवरण उल्लेख छ। जनआस्थाले सार्वजनिक गरेको अडियो र आर्थिक कारोबारसम्बन्धी विवरणपछि सांसद सुनारमाथि उठेका आरोपले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस