×
Lagani
Lagani Shiksha gif
सुर्खेतको ‘भाइरल सडक’, निर्माणमा तीव्रता, मंसिरभित्रै सक्ने तयारी (फोटोफिचर)



शेरबहादुर थापा/न्यूज कारखाना

सुर्खेत, १९ असोज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो समय भाइरल भइरहेको  मुलपानी–फलाँटे–रानीघाट सडक निर्माणमा निर्माण कम्पनीले तीव्रता दिएको छ ।

Lagani Shiksha gif
sharehubapk सुर्खेतको ‘भाइरल सडक’, निर्माणमा तीव्रता, मंसिरभित्रै सक्ने तयारी (फोटोफिचर)

६ किलोमिटर आठ सय मिटर लम्बाइ रहेको यो सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय सुर्खेतसँग बसना निर्माण सेवा स्यूना–७, कालिकोटले २०८२ बैशाख २२ गते सम्झौता गरेको थियो ।

यो सडक निर्माण कार्य कम्पनीले २०८३ पुस ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण कम्पनीले भने तीव्र रुपमा निर्माण कार्य गरी मंसिर मसान्तभित्रै सडक कार्यालयलाई हस्तान्तरण गर्ने तयारी गरेको हो ।

‘पाँच दशमलव २५० मिटर सडक कालोपत्रे भइसकेको छ । अब मुस्किलले साढे एक किलोमिटर जति सडक निर्माण गर्न बाँकी छ,’ निर्माण कम्पनीका प्रतिनिधि केदार शर्माले भने, ‘पैसा भुक्तानीमा कार्यालयले ढिलाई नगरेको खण्डमा हामी मंसिर मसान्तभित्रै सडक निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गर्छौँ ।’

साईट इन्जिनियर दिलिप रानाका अनुसार अब निर्माण कम्पनीले साढे एक किलोमिटर सडक मात्रै कालोपत्रे गर्न बाँकी रहेको बताए ।

‘उहाँहरुले तीव्र रुपमा काम गरिरहनु भएको छ । उहाँहरुको वित्तीय प्रगति ७० प्रतिशत छ भने झण्डै ८० प्रतिशत भौतिक प्रगति भइसकेको छ,’ उनले भने, ‘यहि गतिमा का मगर्दै गएको खण्डमा उहाँहरु समय अगावै निर्माण गरिसक्नुहुन्छ ।’

पूर्वाधार विकास कार्यालय सुर्खेतका कार्यालय प्रमूख प्रविण कार्कीले निर्माण कम्पनीले सन्तोषजनक रुपमा काम अघि बढाइरहेको बताए ।

‘उहाँहरुले काममा तीव्रता दिइरहनु भएको छ । यसलाई सन्तोषजनक रुपमा मैले लिएको छु ।’ सोमबार सडक निर्माण कार्यको अनुगमन गर्न पुगेका कार्यालय प्रमूख कार्कीले भने, ‘उहाँहरुले गुणस्तरीय काम गर्नुपर्छ । उहाँहरुले निर्माण गरे अनुसारको पैसा भुक्तानी दिन हामीलाई समस्या छैन । उहाँहरुले निर्र्माण सम्पन्न गर्नासाथ रकमान्तर गरेर भएपनि उहाँहरुको भुक्तानी दिन तयार छौँ ।’

यो सडकका लागि चालु आर्थिक वर्ष २०८३/०८४ का लागि रु एक करोड रुपैंँया  विनियोजन गरिएको छ । यो सडक निर्माण गर्न कार्यालयसँग निर्माण कम्पनीले १८ करोड ५२ लाख २३ हजार ८९१ रुपैंया (भ्याटसहित) मा निर्माण सक्ने सम्झौता गरेको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस