×
Lagani
Lagani Shiksha gif
नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो



काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण अहिले बैकमा पैसा थुप्रिएर बसेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा १३ खर्ब बढी रुपैयाँ अतिरिक्त तरलता छ । कर्जाको ब्याजदर घटेर ४ देखि ५ प्रतिशतमा समेत नयाँ लगानी विस्तार हुन सकेको छैन ।

Lagani Shiksha gif
sharehubapk नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

राष्ट्र बैंकका अनुसार बैंकसँग रहेको अतिरिक्त तरलतामध्ये १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ। तथ्यांकअनुसार असोज १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा चार खर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन्।

तथ्यांकअनुसार असोज १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा चार खर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन्। बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ५६ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ। सरकारको पुँजीगत खर्च न्यून हुँदा बजारमा रकम प्रवाह बढ्न सकेको छैन। 

महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज १६ सम्म चालू आर्थिक वर्षका लागि विनियोजित चार खर्ब ३१ अर्ब १० करोड रुपैयाँ पुँजीगत बजेटमध्ये १२ अर्ब २५ करोड रुपैयाँ अर्थात् २.८४ प्रतिशत मात्र खर्च भएको छ। 

यस अवधिमा चालू खर्चतर्फ विनियोजित १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँमध्ये १६.१६ प्रतिशत अर्थात् दुई खर्ब पाँच अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ। 

वित्तीय व्यवस्थातर्फ विनियोजित चार खर्ब २२ अर्ब ६४ करोड रुपैयाँमध्ये १७.७१ प्रतिशत अर्थात् ७४ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ।

जेनजी आन्दोलनका नाममा निजी क्षेत्रका उद्योग कलकारखानामा आगो लगाएर ध्वस्त बनाइएपछि अहिले लगानीको वातावरण खुम्चिन पुगेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस