×
नेपालबारे भारतले यस्तो निर्णय गरेपछि ……



नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ ।

त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउन का लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।

jayasankar नेपालबारे भारतले यस्तो निर्णय गरेपछि ......

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता  : नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा उनीहरुबीच दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ ।

बिहीबार नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको हो । भारतीय विदेश मन्त्री जयशंकरले टेलिफोन सम्पर्कमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन भारत जाने भनेको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको दिन विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्री खड्कासँग कुरा गरेका हुन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस