GBBLPO 205 0 EBLD85 1105 5 BGWT 934.9 -21.1 UMHL 308 -4 GMFBS 1512.1 -16.9 SMHL 613.1 -4 CCBD88 1123.1 6.1 SIFC 628 10 SDBD87 1035 4 HLI 472 -4 GLBSL 1600.4 -29.6 SICL 832 0 NLICL 606 -4 SNMAPO 190 0 GLH 244 -2 SAMAJ 3321.1 1.1 CITY 805 -17 NIBSF2 8.9 0.08 GUFL 735 5 MMKJL 543.6 9.6 NBLD87 1020 -8 IGI 600 -4 MBJC 321 -8 LBBLD89 1208.5 23.5 USHL 783.2 -13.7 SCBD 1111 6 CHDC 1684 -35.9 TRH 1118 -5 SJLIC 477 -7.5 NTC 980.1 -2.4 NIBD2082 1099 0 DHPL 242 1 LBBL 475 -4.8 NFS 1350 -43 SBLD89 1200 16.1 KPCL 493 -0.8 NLO 242.1 0 NICGF 10.56 -0.28 MKHL 493 -6 RBCLPO 12300 88
×
देउवाले किन गरे शेखर कोइराला पक्षलाई भित्रभित्रै बहिस्कार ?



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. शेखर कोइराला समूहलाई पेलेर जान थालेका छन् ।

उनले सभापति नियुक्त भएलगत्तै गरेका निर्णयहरुबाट पेलाई देखिन थालेको छ । सभापतिमा दोस्रो चरणमा पाराजित कोइरालालाई देउवाले वरियतामा २०औं नम्बरमा राखेका थिए । उनी निकटस्थले सभापतिमा उम्मेदवार भएकै आधारमा दोस्रो या तेस्रो नम्बरमा नपुग्ने तर्क गरे ।

देउवाले शनिबार १० केन्द्रीय सदस्य मनोनित गर्दा शेखर कोइराला समूहका कोही पनि परेनन् । उपसभापतिमा पराजित चन्द्र भण्डारी र महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजाल पनि परेनन् । यसलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

देउवाले सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनित गरे । सिंह पक्षबाट उपसभापतिमा पराजित सुजाता कोइरालालाई पनि मनोनित गरे । महामन्त्रीमा पराजित आफ्नो पक्षका डा. प्रकाशरण महतलाई पनि मनोनित गरेका छन् । मनोनितमध्ये ६ जना उनी पक्षधर छन् ।

काँग्रेसको वरियतामा रामचन्द्र पौडेल दोस्रो नम्बरमा राखिने बुझिएको छ । प्रकाशमान सिंह र विमलेन्द्रको वरियता पनि शेखर कोइरालाको भन्दा माथि नै हुने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार डा. प्रकाशशरण महतको वरियता पनि देउवाले शेखर कोइरालाभन्दा माथि राख्ने भएका छन् ।

शेखर कोइराला समूहका निकै कम संख्यामा भविष्यमा केन्द्रीय सदस्य मनोनित हुने सम्भावना देखिएको छ । यसरी देउवाले शेखर कोइराला समूहलाई पेलेरै जाने रणनीति बनाएको देखिदैछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस