NBF3 9.04 0.17 NESDO 2229 -18 AVYAN 909 -6 SIFC 628 10 UNL 48870 -930 ILI 483.5 -2.5 LBLD86 1081 -0.2 NYADI 305.4 -6.6 IHL 499 -1 BPCL 449 -7 NIL 912 8 BHDC 583 5.4 NIBSF2 8.9 0.08 DORDI 429 -3.3 LSL 253.5 -5.5 C30MF 9.74 0 FOWAD 1479 0 MAKAR 500 6 SBLD89 1200 16.1 SRBLD83 1065 -10 HEIP 381.8 20.8 NIMBPO 176.9 -1.1 SMPDA 910 -1 NMFBS 1435 1 SFCL 704.1 63.6 RFPL 532 11.1 STC 5908 9 TAMOR 482.9 -2.1 RURU 740 -9.8 RADHI 397.9 7.9 GLBSL 1600.4 -29.6 SBID83 1098 8.7 NICGF 10.56 -0.28 HHL 439 -3.2 LUK 9.21 -0.09 SHLB 1886.9 1.9 SBLD84 1040 19.3 PBD88 1102.1 2.1 BEDC 470 0 NICD88 1032 -21
×
आफ्नै भाइ-बहिनीले साथ नदेको कारण आफुले हारेको शेखर कोइरालाको दाबि



नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताएका छन् ।

१४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् ।  कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनीत गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो ।

कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उनको तर्क रहेको थियो । उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइ-बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगले वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकोले आफू अहिले त्यसमै व्यस्त हुने उनले बताए । तपाई निकटकालाई सभापति शेरबहादुर देउवाले टिकट दिनु हुँदैन होला नि भन्ने प्रश्नमा उनले त्यस्तो नहुने जवाफ दिएका थिए ।

विधानमै पराजित उम्मेदवार केन्द्रीय कमिटीमा रहने भन्ने उल्लेख गरिएको भन्दै नेता कोइरालाले केन्द्रीय कमिटीको बैठकमा भने सहभागी हुने संकेत गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस