×
Lagani
Lagani Shiksha gif
आजको नेपालः भदौं १९ मा नै गरिएको थियो सामाजिक सञ्जालमाथी प्रतिबन्ध



भदौ १९ गते नेपालको इतिहास तथा सामाजिक-राजनीतिक सन्दर्भमा घटेका केही प्रमुख घटनाहरू यस्ता थिए ।

 

Lagani Shiksha gif
sharehubapk आजको नेपालः भदौं १९ मा नै गरिएको थियो सामाजिक सञ्जालमाथी प्रतिबन्ध

सामाजिक सञ्जालमा प्रतिबन्धः  सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी दर्ता प्रक्रिया पूरा नगरेको भन्दै फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम र एक्स (ट्विटर) लगायतका प्रमुख २६ वटा डिजिटल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर देशभर युवाहरू (Gen Z) को देशव्यापी आन्दोलन र प्रदर्शन सुरु भएको थियो।

दोस्रो विश्वयुद्धमा नेपालद्वारा जर्मनीविरुद्ध युद्धको घोषणा (वि.सं. १९९६): दोस्रो विश्वयुद्धको सुरुवातसँगै तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको नेतृत्वमा नेपालले बेलायत (ब्रिटिस साम्राज्य)लाई समर्थन गर्दै जर्मनीविरुद्ध आधिकारिक रूपमा युद्धको घोषणा गरेको थियो। यसपछि गोर्खा सैनिकहरू विभिन्न मोर्चामा युद्ध लड्न खटिएका थिए।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस