नेपाली शेयर बजारसम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले तयार गरिएको ‘शेयर हब’ एपले गुगल प्ले स्टोरमा १० लाख डाउनलोड पार गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
सुरुवातमा शेयर बजारका तथ्यांक, मूल्य परिवर्तन र विश्लेषणलाई सरल बनाउने लक्ष्यसहित सुरु गरिएको यो एप अहिले लाखौ लगानीकर्ता तथा ट्रेडरहरूको भरोसायोग्य प्लेटफर्म बनेको छ। प्रयोगकर्ताबाट प्राप्त सुझाव तथा प्रतिक्रियाका आधारमा निरन्तर सुधार गर्दै लैजानु यसको सफलताको मुख्य कारण मानिएको छ।
सफ्टशाला नेपालका म्यानेजिङ डाइरेक्टर सागर न्यौपानेका अनुसार यो उपलब्धि केवल डाउनलोड संख्या मात्र नभई प्रयोगकर्ताको विश्वास र साथको परिणाम हो। प्रयोगकर्ताको सक्रिय सहभागिता र विश्वासकै कारण एपलाई अझ प्रभावकारी बनाउन सम्भव भएको उनीहरूको भनाइ छ।
आगामी दिनमा थप उपयोगी सुविधाहरू, उन्नत विश्लेषण र अझ सहज प्रयोगकर्ता अनुभव प्रदान गर्ने लक्ष्यसहित नयाँ अद्यावधिक ल्याइने तयारी भइरहेको छ। यसले नेपाली शेयर बजारमा डिजिटल प्रयोगलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
यस महत्वपूर्ण उपलब्धिका लागि ‘शेयर हब’ टोलीले सम्पूर्ण प्रयोगकर्ताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।











