×
आजभने घट्यो शेयर बजार , यी कम्पनीका लागानिकर्ता भए मालामाल



साताको तेस्रो कारोवार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३७ दशमलव १८ अंक घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से सूचक ३७.१८ अंकले घटेको छ । नेप्से घट्दा आज ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

Screenshot 2021 12 07 162404 आजभने घट्यो शेयर बजार , यी कम्पनीका लागानिकर्ता भए मालामाल

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३१ कम्पनीको ८३ लाख ३० हजार ०९३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८२ प्रतिशत बढेको छ।

कारोबारमा आएका २३१ ओटा धितोपत्र मध्ये सिटिजन्स म्युुचुअल फण्ड २ को धितोपत्रको इकाई मूल्य सबैभन्दा बढी ४ दशमलव ५ प्रतिशत वृद्धि भएको छ । फण्डको इकाई मूल्य प्रतिकित्ता रू. १० दशमलव १३ पुगेको हो । त्यसैगरी दोस्रोमा लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य ४ दशमलव ४९ प्रतिशत बढेर रू. १० पुगेको छ ।  साथै एनआईबिएल प्रगति फण्ड, सिटिजन्स म्युचअल फण्ड-१, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानिकता मालामाल भएका छ्न।

आईसिएफसि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो ।त्यसैगरी, यस दिन कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

मंगलवार प्राइम कमर्शियल बैंकको सर्वाधिक रू. १२ करोड ३६ लाख ४७ हजार बरावरको शेयर खरीदविक्री  भएको छ । त्यसैगरी दोस्रोमा महालक्ष्मी विकास बैंकको रू. ११ करोड ८६ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस