×
आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुग्यो सिक्लेस हाइड्रोपावर , कहिले होला निष्कासन ?



सिक्लेस हाइड्रोपावर लिमिटेडले रु. २० करोड बराबरको  आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले जारी पुँजी ८५ करोड रुपैयाँको २३.५३ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।

कम्पनीले आईपीओको विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।सम्झौतापत्रमा कमपनीका कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ र बीओके क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन्।

अव कम्पनीको शेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्यसमेत बीओके क्यापिटलले गर्ने भएको छ। कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ मा अवस्थित १३ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले सिक्लेस गाउँ नजिकैको मड्क्यु खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट तल झारी विद्युत् उत्पादन सुरु गरिसकेको छ । उत्पादित विद्युत् १३२ केभी प्रशारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सव–स्टेशनमा जोडिएको छ।

‘रन अफ द रिभर’ प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियूनिट  सात रुपैयाँ र वर्षायामको समयमा प्रतियूनिट चार रुपैयाँका दरले विद्युत् खरीद विक्री गर्ने सम्झौता भएको निर्देशक केसीले बताए।

कम्पनीले बोर्डबाट अनुमति पाएपछि मात्र आइपियो जारि गर्ने छ।  त्यसकारण हालसालै निस्कासन हुने सम्भावना कम रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस