PRIN 968 4 MNBBL 395.8 -0.8 SMB 1809 4 LICN 1995.9 -27.1 KBLD89 1156 1 KSY 9.22 -0.19 SMFBS 1505.2 6.2 FOWAD 1479 0 NABBC 631 -12 GCIL 498 -5.8 TAMOR 482.9 -2.1 PSF 9.51 -0.09 SGHC 393.6 0.1 NHPC 220.1 0 NIBLGF 9.1 0.38 RLFL 625 6.9 RADHI 397.9 7.9 DDBL 916.2 3.1 SALICO 747 -9.1 NGPL 472 -2.9 VLUCL 588 -1.9 SAPDBL 569.6 -7.4 RAWA 889 29 SAGF 9.31 0.01 NYADI 305.4 -6.6 HLBSL 1010 -10 CLI 634 -4.9 MKJC 467.9 -1 NIBLSTF 8.68 0 HEI 648 -10 SMPDA 910 -1 TRH 1118 -5 ULBSL 3199 37 NICL 990.2 -4.8 SBLD84 1040 19.3 NMLBBL 769 -11 SAHAS 505 28 SPC 520 5 NUBL 730 2.8 PCBL 292 -2
×
देशको विभिन्न स्थानमा वर्षा जारी, कस्तो रहला भोलीदेखिको मौसम?



काठमाडौं उपत्यकामा यतिबेला हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

उपत्यकामा बिहीबार राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। आज राति वर्षा भए पनि भोलि बिहान केही समय घाम लाग्ने र दिउँसो बदली हुने सम्भावना रहेको उनले बताइन्।

पछिल्लो २४ घन्टामा पोखरा, मनाङ, गोरखा, मकवानपुर, सिन्धुलीलगायतका जिल्लामा १४ मिलिमिटरसम्म वर्षा भएको छ। सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान र कर्णालीमा छिटपुट पानी परेको छ। लुम्बिनीका पहाडी भेग, गण्डकी र बागमतीका पहाडी भेगमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।

शुक्रबार भने पश्चिमबाट मौसममा सुधार हुँदै जाने देखिन्छ। शुक्रबार दिउँसो कोशी र गण्डकीका पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस