ADBL 367 -11.1 KBL 234 -6.9 PFL 652 -1 SFMF 10.2 -0.2 NMBD87/88 1027 -3 MDB 630 -3.8 MEN 631.1 -3.9 BHDC 583 5.4 NICLBSL 705.5 -7.5 KBLD89 1156 1 HEIP 381.8 20.8 C30MF 9.74 0 GMFIL 623 1 USHL 783.2 -13.7 NIBD84 1030 -20 GILB 1268.4 4.4 SMPDA 910 -1 GBBL 447 -6 NICA 452 -13 KEF 9 0.28 ALBSL 1040 -4 GBLBS 738 -10 SAPDBL 569.6 -7.4 CORBL 958.8 -10.2 CFCL 647 27.1 CHDC 1684 -35.9 MLBBL 1635 15 RLFL 625 6.9 GLBSL 1600.4 -29.6 SKBBL 934 -3 SPDL 310 5 KSY 9.22 -0.19 SAGF 9.31 0.01 SAHAS 505 28 SMATA 875 -16 HBLD83 1056.3 0.3 UNLB 2527 -3.9 SFEF 9.29 0.22 CKHL 632 -8 MHL 725 3.5
×
भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता



नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४ लाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल खर्च ३ करोड ७० लाखमध्ये बोर्डले ७० लाख रुपैयाँ ब्यहोर्ने छ ।

सो रकम पर्यटन तथा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्याशाला, ब्रसोर, स्टीकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रर्वद्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न खर्च गरिने सम्झौता पत्रमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको उच्च प्रशंसा गरिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमुना काम गर्न अनुरोध पनि गर्नुभयो । देशका भईरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निरासालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको प्रमुख दाहालले बताए ।

कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।

यही फागनु १८ गते नारायणी किनारमा भरतपुर भ्रमण वर्ष उद्घाटन हुनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस