नेप्सेमा अचम्मको कारोबार भएको छ।
करिब १० दिन अगाडी नेप्सेमा सुचिकृत चिरख्वा हाइड्रोपावर लिमिटेडको हिजो एउटै कारोबारमा ६ सय ४५ कित्ता शेयर बिक्रि भएको छ त्यो पनि कारोबार भैरहेको मूल्य भन्दा ४० प्रतिसत कम मूल्यमा। यो कम्पनीको शेयर गोलाप्रथाबाट लगानीकर्तालाई वितरण गरिएको हुदा एकजना संग बढीमा १० कित्ता मात्र हुन्छ र वैदेशिक रोजगारी कोटामा पनि बढीमा १० कित्तानै बाँडफाँट गरिएको छ। धेरै कित्ता शेयर पाउने भनेको म्युचल फण्डले मात्रै हो तर म्युचल फण्डले पनि ६ महिना सम्म शेयर विक्री गर्न पाउदैनन।
यदि यी कुरालाई पनि नजरअन्दाज गर्ने हो भने पनि कारोबार भएको रकममा शेयर किनबेच गर्ने मिल्दैन। नेप्सेकै आधिकारिक वेबसाइटमै उक्त दिन बढीमा ५३१.४० र कम्तिमा ४९१.७० मा कारोबार भएको भनेर देखाएको छ। तर उक्त साइटमै फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ३८ ( दिपशिखा धितोपत्र करोबार कम्पनी ) ले ब्रोकर नम्बर ४७ (नीभ सेक्युरिटीज) लाई ६ सय ४५ कित्ता शेयर ३ सय २० दशमलभ ८३ मा विक्री गरेको देखिन्छ । संख्याको कुरा नगर्ने हो भने पनि कारोबार भएको मुल्य नै शंकास्पद देखिन्छ।
यस बिषयमा नेप्सेले हाल सम्म कुनै जवाफ दिएको छैन। उक्त दिन कम्पनीको ७ हजार ८ सय ५ कित्ता शेयर बिक्रि भएकोमा ७ हजार ७ सय ७५ कित्ता शेयर नीभ सेक्युरिटीजले नै खरिद गरेको देखिन्छ। त्यो भन्दा अघिल्लो कारोबार हेर्ने हो भने पनि ब्रोकर नम्बर १९ र ४५ ले मात्रै धेरै शेयर खरिद गरेको देखिन्छ। अन्य दिनमा १० कित्ता मात्र कारोबार हुने र मूल्य पनि नेप्सेले तोकेको रेञ्जमै हुने तर हिजोको कारोबारमा बढी कित्ता र मुल्यपनि गैरकानुनी भएको कारण नेप्सेले
Manpari raixa ta