×
मेगा बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा



मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बाेलाएको छ ।

बैंकले २८ मंसिरमा ११औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिशनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा छन् ।

साधारणसभा प्रयोजनका लागि बैंकले १४ मंसिरमा बुकक्लोज गर्ने भएको छ । जसअनुसार १३ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस