NRM 426.1 -4.9 GMFIL 623 1 SANIMA 326 -10.2 JOSHI 305 -6.8 MAKAR 500 6 BGWT 934.9 -21.1 NICSF 9.5 0.25 OHL 925 -9 CCBD88 1123.1 6.1 CYCL 1540 -7 ICFC 823.9 74.9 MBLD2085 1085 6.5 UPCL 262.2 -2.7 JBLB 1534 -3 SWBBL 1065 2.1 KDL 1059 16 NMFBS 1435 1 BFC 625 9.1 SHL 512 -4.5 CITY 805 -17 NIBLSTF 8.68 0 CORBL 958.8 -10.2 CFCL 647 27.1 HBLD83 1056.3 0.3 NTC 980.1 -2.4 SIGS2 10.05 0 ALBSL 1040 -4 RURU 740 -9.8 PMLI 562 1 RAWA 889 29 SRBLD83 1065 -10 GBLBS 738 -10 SADBL 419 -1 NBF3 9.04 0.17 UAIL 639 -1 MHNL 265.5 -0.5 SGHC 393.6 0.1 VLBS 902.5 -7.5 UPPER 214.2 -1.8 IHL 499 -1
×
नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब, दुई महिनामै थपियो ४९ अर्ब २३ करोड



नेपालको सार्वजनिक ऋण झन् बढेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको हो । उक्त ऋणमध्ये ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ६९ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बाह्य ऋण रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको २ महिनामै सरकारले ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ ऋण थपेको छ ।

गत असार मसान्तसम्म भने कुल ऋण २२ अर्ब ९९ करोड ३५ लाख २५ हजार रुपैयाँ रहेको थियो । यो दुई महिनाको अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ सार्वा पनि भुक्तानी गरेकोे छ ।

यद्दपि, सावाँ भुक्तानी भन्दा बढी नयाँ ऋण थपिएपछि समग्र ऋण २३ अर्ब नाघेको हो । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब रुपैयाँ हाराहारीमा रहेको छ ।

यसआधारमा हेर्ने हो भने नेपालको ऋण जीडीपीको ४३.५८ प्रतिशत हुन आउँछ । यता, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को आधारमा हेर्ने हो भने एक नेपालीको भागमा ७९ हजार २०१ रुपैयाँ ऋण पर्ने देखिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
    सिफारिस