SICL 832 0 ALBSL 1040 -4 KEF 9 0.28 BNHC 466.9 0.7 CBBL 980 1 UNLB 2527 -3.9 GLBSL 1600.4 -29.6 KSBBL 448 -3 SLBSL 1398.4 21.4 KBSH 2386 -9 BFC 625 9.1 HEIP 381.8 20.8 PMLI 562 1 SHINE 473 -1.8 RURU 740 -9.8 NLG 1317 2 SIKLES 707 -3 MLBSL 2000 -26 LEC 276.8 -6 FMDBL 758 -0.1 SAEF 11.22 0.17 MSLB 1564 -70 PBLD87 1028 -2 LBBL 475 -4.8 OHL 925 -9 SCB 691.1 3.6 UHEWA 476 -11 MKHC 339 -1 SHPC 525 -3.9 BHPL 655.1 -12.7 API 289.5 2.5 USHL 783.2 -13.7 KKHC 260 -2 CZBIL 242 -10 NFS 1350 -43 HDL 1423.1 49.1 NICD83/84 1062 -19 PSF 9.51 -0.09 AHPC 267 -0.6 NMB 263.9 -7.1
×
मिड सोलुको आईपियो बाँडफाँट मिति सार्बजनिक , १२ लाख ९२ जनाको हात खालि हुने।



मिड सोलु हाइड्रोपावर कम्पनीको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आईपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, मीड सोलुको आईपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ ।

किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा ६२ हजार ११८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो । कम्पनीले कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ ।

कम्पनीले सोलुखुम्बु जिल्लास्थित सोलु खेलाको पानी प्रयोग गरी ९.५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन समेत सुरु गरेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७७ माघ २५ गते प्राप्त गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस