×
आज सेयर बजार खुल्छ कि खुल्दैन ?



सेयर बजार बिहीबार बन्द हुने भएको छ ।

आज बिहीबार (भदौ २८ गते) संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा अडिएको छ ।

बिहीबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस