×
Lagani
Lagani Shiksha gif
माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।



माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको आईपियो आज बिहान ९ : ३० बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट भएको हो। कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन परेको थियो जसमध्य १ लाख ४३ हजार ८ सय ७७ जना आवेदकको आवेदन रद्द भएको छ। जसले गर्दा योग्य आवेदक ८ लाख ७२ हजार ८ सय ३७ जना रहेका छन्।

Lagani Shiksha gif
sharehubapk माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।

मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हुदा  १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक खालि हात भएका छन्  । आईपीओको नतिजा https://nepsebajar.com/iporesult/ बाट  हेर्न सकिने छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरि २२ मेगावाटको मागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको  छ।  यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ। प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ देखिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस