×
Lagani
Lagani Shiksha gif
माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट भोली , ८ लाख आवेदकको हात खालि हुने।



माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ भोली बाँडफाँट हुने भएको छ ।

कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आईतबार बाँडफाँट हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो। उक्त आईपियो क्यापिटलको कार्यालय कमलादीमा बिहान ९:३० बजे बाँडफाँट गरिने भएको हो । अन्तिम दिन सम्म कम्पनीको आईपीओका लागि ९ लाख ८० हजार ५३ जनाले २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९ सय ८० रुपियाँ बराबरको १ करोड ६ लाख ९५ हजार ३ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।

Lagani Shiksha gif

कम्पनीको आईपीओ एक लाख २० हजार ५ सय ३२ जनाले १०–१० कित्ता पाउने छन् । कम्पनीले सर्बसाधारणको लागि कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्काशन गरेको थियो।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरि २२ मेगावाटको मागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको  छ।  यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ। प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ देखिएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस