SEF 9.51 -0.24 MANDU 885 -14 PROFL 655 7 NMB 263.9 -7.1 SPC 520 5 NIBLGF 9.1 0.38 NBF2 9.15 -0.05 SNLI 585.1 -0.9 MDB 630 -3.8 KKHC 260 -2 AHPC 267 -0.6 BFC 625 9.1 CIZBD90 1081 1 RFPL 532 11.1 ADBL 367 -11.1 NIBLSTF 8.68 0 HEI 648 -10 AKJCL 209 -3 SNMAPO 190 0 SWMF 812 -13 SKBBL 934 -3 MCHL 488.3 -3.7 NMBD87/88 1027 -3 CYCL 1540 -7 MBLD2085 1085 6.5 UHEWA 476 -11 RADHI 397.9 7.9 KBLD89 1156 1 LICN 1995.9 -27.1 NIL 912 8 JBLB 1534 -3 NHDL 570 0 SMATA 875 -16 JOSHI 305 -6.8 PPL 461 -2.5 CORBL 958.8 -10.2 SPL 813 -12.1 KBSH 2386 -9 HIDCLP 183 -2 WNLB 2650 -80
×
मिड सोलु हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक।



मिड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागेको हो । सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।  यस आइपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज ११ गतेसम्म खुला रहनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।  यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा ९।५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित विद्यतु उत्पादन गर्दै आएको जानकारी गराएको छ ।

आयोजनाको कुल अनुमानित २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ । यसको प्रतिमेगावाट लागत २१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस