GLBSL 1600.4 -29.6 PPL 461 -2.5 RLFL 625 6.9 RNLI 495.5 1.5 NMB50 10.3 0.05 NMBD87/88 1027 -3 CZBIL 242 -10 RBCLPO 12300 88 JBLB 1534 -3 HATHY 1322 13 NFS 1350 -43 SJCL 326 -3.7 SMATA 875 -16 IHL 499 -1 SNMAPO 190 0 SWBBL 1065 2.1 LBBL 475 -4.8 AKPL 248.5 -2.5 VLUCL 588 -1.9 CFCL 647 27.1 MNBBL 395.8 -0.8 SWMF 812 -13 NIBLSTF 8.68 0 HLI 472 -4 NABBC 631 -12 MMF1 8.98 0.1 DHPL 242 1 UPCL 262.2 -2.7 SHINE 473 -1.8 SIGS2 10.05 0 ACLBSL 1035 0 LBLD86 1081 -0.2 SALICO 747 -9.1 LICN 1995.9 -27.1 RSDC 735 0 AKJCL 209 -3 MKCL 1497 -26 RHGCL 388 0 SFMF 10.2 -0.2 SIKLES 707 -3
×
हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकव्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने



हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकव्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर त्यस अवधिमा सबै नबिके पछि समय थपिएको हो । थपिएको समय अनुसार अब असार २५ गतेसम्म आवेदन दिन सकिने जनाइएकाे छ ।

हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५% हकप्रद सेयर बिक्री खुला गरेको हो । यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको छ । हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो । वैशाख २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउँछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ ।  कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

हकप्रदमा लक्ष्मी  क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस