×
Lagani
Lagani Shiksha gif
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति।



रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ । कम्पनीले १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ  निष्कासन गर्न अनुमति पाएको हो ।  बोर्डले असार १५ गते उक्त अनुमति दिएको हो।

Lagani Shiksha gif
sharehubapk रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति।

सुरुमा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको कम्पनीले पछी  प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो । तर सेबोनले कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ ।

हाल चुक्ता पूँजी रू. २ अर्ब ८० करोड रहेको कम्पनीको आईपीओ निष्कासनपश्चात  रू. ४ अर्ब पुग्नेछ । कम्पनीको  विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस