×
Lagani
Lagani Shiksha gif
डिसहोमले दियो कित्ता बढाएर आईपीओ निष्कासन गर्न सेबोनमा पुन निवेदन।



डिस मिडिया नेटवर्क लिमिटेड (टेलिभिजन प्रदायक कम्पनी)ले शेयर सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

यसघि २३ लाख ८५ हजार ९ सय २९ कित्ता आईपीओ निष्काशनको लागि अनुमति मागेको डिस मिडियाले अहिले कित्ता बढाएर आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुन निवेदन दिएको छ । कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा असार १२ गते निवेदन दिएको हो ।

Lagani Shiksha gif

कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। स्वीकृती पाएपछि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ भने त्यसपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस