MBL 255 -4 SHL 512 -4.5 BARUN 379 -6.1 UPCL 262.2 -2.7 MHL 725 3.5 SPHL 666.9 16.9 SBLD89 1200 16.1 KSBBLD87 1093.4 18.4 RBCLPO 12300 88 TRH 1118 -5 LVF2 9 0 UPPER 214.2 -1.8 LBBLD89 1208.5 23.5 GLH 244 -2 RLFL 625 6.9 NBF2 9.15 -0.05 NBLD85 1025 0 MMF1 8.98 0.1 BBC 4255 50 AHL 651 2 NRIC 803 -5 NADEP 1030 -55 SMJC 574 -6 MCHL 488.3 -3.7 NICLBSL 705.5 -7.5 KDBY 9.21 -0.23 UMRH 475 -1.9 RIDI 235 0 SINDU 667 -6 DOLTI 538 10 SDBD87 1035 4 HEIP 381.8 20.8 SHEL 242.9 -4.7 SLCF 9.21 -0.1 JBBL 351 -3.1 LBLD86 1081 -0.2 AKPL 248.5 -2.5 BNHC 466.9 0.7 SHPC 525 -3.9 NICGF 10.56 -0.28
×
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक।



कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणको आईपीओ विक्री गर्ने तयारी गरेको हो । कम्पनीले  १ लाख २१ हजार ८६८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसमध्य  १२ हजार १८६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ भने  २ हजार ४३७ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेको छ।

अब कम्पनीले बाँकी रहेको १ लाख १ हजार १५१ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।  यो आईपीओ खरीदका लागि यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासन अवधि छिटोमा असार २९ गतेसम्मका लागि तोकिएको छ भने माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि  साउन ९ गतेसम्म विक्री अवधि तय गरिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस