×
Lagani
Lagani Shiksha gif
हकप्रद निष्कासनका लागि अपि पावरले तोक्यो बुक क्लोजको मिति।



४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अपि पावर कम्पनीले बुक क्लोजको मिति तोकेको छ ।

कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार ६ गते बोर्डबाट अनुमति पाए संगै असार २२ गते एक दिन बुुक क्लोज गर्ने निर्णय गरेको हो । यसको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif
sharehubapk हकप्रद निष्कासनका लागि अपि पावरले तोक्यो बुक क्लोजको मिति।

बुक क्लोज मिति तोके पनि कम्पनीले हकप्रद निष्कासनको मिति भने हालसम्म तय गरेको छैन्।  यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको हालको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रहेको छ ।  ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ ।  कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस