×
Lagani
Lagani Shiksha gif
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १ लाख २१ हजार ८६८ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ हजार १८६ कित्ता आईपीओ विक्री गरेको थियो । उक्त  आईपीओ  कम्पनीले असार ११ गते बाँडफाँट गरेको जानकारी दिएको छ।

Lagani Shiksha gif
sharehubapk कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।

उक्त आईपियो स्थानीयतर्फ १० देखि ३५० कित्तासम्म माग गर्ने १ हजार ६२ जना आवेदकलाई माग बमोजिम  , ४०० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १४० जना आवेदकलाई ३७० कित्ताका दरले  र  ४०० देखि १ हजार कित्तासम्म आवेदन दिने १२३ जना आवेदकलाई गोलप्रथाको माध्यमबाट १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँकी रहेको ८ कित्ता शेयर थप एक एक कित्ताका दरले ८ जनामा बाँडफाँट गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरिएको आईपीओ भने १० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १ हजार २१८ जनालाई १० कित्ताका दरले गोलाप्रथाको माध्यमाबाट बाँडफाँट गरी बाँकी रहेको ६ कित्ता आईपीओ थप एक कित्ताका दरले ६ जना आवेदकमा बाँडफाँट गरिएको हो । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको साइटमा जानुहोला।
२) साइटमा जान  यहा क्लिक गर्नुहोला।  
३) लिंक खोलेपछि नतिजा हेर्नको लागि कम्पनि छान्नुहोला
४) त्यसपछि आफ्नो डिम्याट नम्बर हानेर नतिजा हेर्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस