×
Lagani
Lagani Shiksha gif
असार १९ देखि आईपीओ निष्कासन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर।



मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा असार १९ देखि आईपीओ निष्कासन गर्ने भएको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ८ लाख कित्ता  र देशिक रोजगारीमा रहेका नेपालीमा २ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो।

Lagani Shiksha gif
sharehubapk असार १९ देखि आईपीओ निष्कासन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर।

स्थानीयको लागि निस्कासन गरिएको शेयरमा  दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यो आईपियोमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्ने छ भने स्थानीयहरूले अधिकतम १ लाख  र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने छन्।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड छ । स्थानीय बासिन्दाले विक्री प्रबन्धकसँगै कम्पनीको रजिष्ट्रर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालय तथा गौरीसंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यो आईपीओ  साउन २ गतेसम्म विक्रीमा रहनेछ तर सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित स्थानीयका लागि भने ढिलोमा साउन १७ गतेसम्म विक्री खुला हुनेछ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस