×
Lagani
Lagani Shiksha gif
रिपब्लिक मिडियाको आईपीओ सोमबार बाँडफाँट हुने



नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आगामी सोमबार अर्थात असार ११ गते बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले बुधवार प्रि–अलोटमेन्ट सम्पन्न भैसकेकोले सोमबार अन्तिम बाँडफाँट गर्न लागेको जानकारी दिएको हो ।  कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ३६३ जना आवेदकबाट १ करोड २९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन परेको थियो । यो आवेदन सर्वसाधारणको लागि निष्कासन गरेको शेयरको ३ दशमलव ८४ गुणा बढी हो ।

Lagani Shiksha gif
sharehubapk रिपब्लिक मिडियाको आईपीओ सोमबार बाँडफाँट हुने

जसअनुसार कम्पनीको आईपीओ ३ लाख ६१ हजार ९८९ जना आवेदकले १० कित्ताका दरले पाउनेछन् भने भाग्यमानी एक जना आवेदकले ११ कित्ता शेयर पाउनेछन् ।  कम्पनीले जारी पूँजी रू. ९६ करोड ७५ लाख ४४ दशमलव ९९ प्रतिशत अर्थात् रू. ४३ करोड ५३ लाख बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर आईपीओ निष्कासनका लागि छुट्याएको छ । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख ३५ हजार ३०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरिसकेको छ ।

सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ६५० कित्ता र कर्मचारीहरूलाई ४ प्रतिशत अर्थात् १ लाख ७४ हजार १२० कित्ता शेयर छुट्याएको थियो ।  कम्पनीले कर्मचारीलाई छुट्याएको कुल शेयरमध्ये ८० हजार १५९ कित्ता शेयरका लागि मात्रै आवेदन परेकोले बाँकी रहेको ९३ हजार ९६१ कित्तासहित ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारणको लागि जेठ २६ देखि ३० गतेसम्म निष्कासन गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस