तस्बिर : मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा

मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ ।

मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।राति साढे १२ बजेदेखिको आगलागी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।