×
Lagani
Lagani Shiksha gif
प्रहरीले खाेस्याे विप्लवकाे मशाल , मंगलबार नेपाल बन्द घाेषणा



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले निकालेकाे मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खाेसेकाे छ ।

चर्काे मूल्य वृद्धिकाे विरुद्धमा आन्दाेलन गर्दैकाे उक्त पार्टीले भोलि ३० कात्तिकमा नेपाल बन्द घाेषणा गरेर आज मशाल जुलुस निकालेकाे थियाे । सिद्धिचरण नगरपालिका- १२ स्थित गणेशचाेक नजिकैबाट सुरु भएकाे जुलुस प्रहरीले गणाेशचाेकमै राेकेकाे थियाे ।

प्रहरीले राेकेपछि एक दर्जन संख्यामा रहेका आन्दाेलनकारीले मशाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए । भुइँमा बालेकाे मशालमा समेत प्रहरीले पानी हालेर निभएकाे थियाे । आन्दाेलनकारी भन्दा प्रहरीकाे संख्या बढी भएपछि चाेकमै काेणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै जुलस निकाल्नेहरू फर्केका थिए ।

मंगलबार नेपाल बन्द घाेषणा गरेपछि सुरक्षााकर्मी साेमबार साँझदेखि नै परिचालन गरिएकाे छ ।

IMG 20211115 180643.jpg प्रहरीले खाेस्याे विप्लवकाे मशाल , मंगलबार नेपाल बन्द घाेषणा IMG 20211115 180624.jpg प्रहरीले खाेस्याे विप्लवकाे मशाल , मंगलबार नेपाल बन्द घाेषणा IMG 20211115 180622.jpg scaled प्रहरीले खाेस्याे विप्लवकाे मशाल , मंगलबार नेपाल बन्द घाेषणा IMG 20211115 180300.jpg प्रहरीले खाेस्याे विप्लवकाे मशाल , मंगलबार नेपाल बन्द घाेषणा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस