AKJCL 209 -3 RURU 740 -9.8 SNLI 585.1 -0.9 NABBC 631 -12 NMB50 10.3 0.05 EDBL 645 -1.9 SMHL 613.1 -4 UNL 48870 -930 PMHPL 260 -4 SAMAJ 3321.1 1.1 SBLD84 1040 19.3 NBBD2085 1100 0 NRM 426.1 -4.9 CIZBD90 1081 1 SFCL 704.1 63.6 SHIVM 599 -8 GMFBS 1512.1 -16.9 NBL 292.2 1.2 SIGS3 9.45 0.09 CORBL 958.8 -10.2 HEIP 381.8 20.8 KKHC 260 -2 NLO 242.1 0 UHEWA 476 -11 CCBD88 1123.1 6.1 UMHL 308 -4 NIFRA 280 -5 SFEF 9.29 0.22 MAKAR 500 6 SRBLD83 1065 -10 TRH 1118 -5 NIBD84 1030 -20 TPC 465 6 LBLD86 1081 -0.2 SCBD 1111 6 TSHL 909 -11 RFPL 532 11.1 TVCL 461 1 PFL 652 -1 NIBSF2 8.9 0.08
×
रावा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज सोमबार जेठ २२ गते अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । यसले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गरेको हो । यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको हो । यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ ।

बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार जेठ २१ गतेसम्म ८ लाख ६९ हजार ६४५ जनाले ९५ लाख ८६ हजार ४०० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४.८९ गुणा बढी आवेदन हो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई  केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस