SBI 482.9 -6 CBBL 980 1 SNMAPO 190 0 PMLI 562 1 MHL 725 3.5 TPC 465 6 NIL 912 8 SADBL 419 -1 SAPDBL 569.6 -7.4 CIT 2195 0 AHL 651 2 NFS 1350 -43 NIFRA 280 -5 NSIF2 10.52 0.02 RURU 740 -9.8 JFL 655 6 SNLI 585.1 -0.9 RBCL 17071 -109 GMFIL 623 1 DLBS 1374 30 KSBBL 448 -3 BHDC 583 5.4 PMHPL 260 -4 NICBF 9.3 -0.08 MSLB 1564 -70 NUBL 730 2.8 DOLTI 538 10 NADEP 1030 -55 MDB 630 -3.8 NHDL 570 0 RFPL 532 11.1 ALICL 714.5 -1.2 TVCL 461 1 LUK 9.21 -0.09 MCHL 488.3 -3.7 GMFBS 1512.1 -16.9 NLIC 814 -13.4 IGI 600 -4 SIGS2 10.05 0 BARUN 379 -6.1
×
रावा इनर्जीको आइपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र  सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ ।  बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई  केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस