SIGS3 9.45 0.09 NICL 990.2 -4.8 UHEWA 476 -11 SMATA 875 -16 GLBSL 1600.4 -29.6 GBLBS 738 -10 MBLD2085 1085 6.5 NRM 426.1 -4.9 UNLB 2527 -3.9 ALICL 714.5 -1.2 CLI 634 -4.9 SHLB 1886.9 1.9 STC 5908 9 KEF 9 0.28 LUK 9.21 -0.09 SNMAPO 190 0 NIL 912 8 NUBL 730 2.8 NBF3 9.04 0.17 RBCLPO 12300 88 SBD87 1048 11.9 JBLB 1534 -3 SWMF 812 -13 SMPDA 910 -1 VLBS 902.5 -7.5 HATHY 1322 13 CMF2 9.21 -0.1 PSF 9.51 -0.09 NLICL 606 -4 PPL 461 -2.5 NIBD2082 1099 0 GCIL 498 -5.8 MKJC 467.9 -1 NICA 452 -13 RADHI 397.9 7.9 NGPL 472 -2.9 SBID83 1098 8.7 JSLBB 1513.9 38.9 TVCL 461 1 TSHL 909 -11
×
आजदेखि खुल्यो ‘नागरिक दैनिक’को आईपिओ , कति दिने आवेदन ?



नेपाल रिपब्लिक मिडियाले आज आइतबार वैशाख ३१ गतेदेखि आईपिओ बिक्री खुला गरेको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस कम्पनीले उक्त आईपिओ निष्काशन गरेको हो । लगानीकर्ताले यस आईपिओमा जेठ १४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपिओ जारी गर्दैछ ।

यो नागरिक दैनिकको मुल संस्था हो । योसँगै नेपालमा पहिलो पटक मिडिया हाउसले आइपियो बिक्रीमा ल्याएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ । यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा सर्वसाधारणले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने असार ८ गतेसम्म आइपीओ खुला रहनेछ ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपिओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये कर्मचारीहरुका लागि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर छुट्याइएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
basant oli
Guest
basant oli
May 14, 2023 12:24 pm

खुलेर क्यार्नु मेरो सेयरको आधिकारिक एपनै चलेको छैन 🙄



ताजा समाचार

लोकप्रिय
सिफारिस