NIBLSTF 8.68 0 MEHL 380.1 -19.9 GILB 1268.4 4.4 TAMOR 482.9 -2.1 PFL 652 -1 SBLD84 1040 19.3 NMFBS 1435 1 KBLD89 1156 1 NBF3 9.04 0.17 SONA 473.2 -7.8 MKCL 1497 -26 HLBSL 1010 -10 AHL 651 2 MMKJL 543.6 9.6 SIGS3 9.45 0.09 USHEC 523 -7 NLO 242.1 0 RFPL 532 11.1 AHPC 267 -0.6 GCIL 498 -5.8 HBLD83 1056.3 0.3 SPDL 310 5 KSBBLD87 1093.4 18.4 ULHC 390 -7.9 AKPL 248.5 -2.5 NBLD87 1020 -8 MEL 292 2 SLCF 9.21 -0.1 PPL 461 -2.5 GRDBL 743 5 UAIL 639 -1 LLBS 1050 5 RHGCL 388 0 FMDBL 758 -0.1 SAEF 11.22 0.17 RHPL 364 -5.2 RLFL 625 6.9 MERO 760 0.5 RMF1 9.15 -0.1 CZBIL 242 -10
×
सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



सगरमाथा जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यस आईपिओमा आवेदन दिनुपर्नेहुन्छ ।

यस कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ । यसमध्ये १० प्रतिशत ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत् अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर र कर्मचारीहरुका लागि ३ प्रतिशत १ लाख ३१ हजार ४० कित्ता सेयर सुरक्षित गरेको छ ।  बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर चैत ८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।  क्रेडिट रेटिङ संस्था इक्रा नेपालले सगरमाथा जलविद्युतलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस