×
Lagani
Lagani Shiksha gif
३६ करोड बढीको आईपीओ निष्कासन गर्दै बलेफी हाईड्रोपावर



बलेफी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

हाईड्रोपावरले प्रति शेयर रु.१०० अंकित दरको रु ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६,५५,९४० कित्ता साधारण शेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा निश्कासन गर्ने भएको छ । कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिङ दिएको छ ।

Lagani Shiksha gif
sharehubapk ३६ करोड बढीको आईपीओ निष्कासन गर्दै बलेफी हाईड्रोपावर

कम्पनीले आईपीओ निष्कासन  गर्नको लागि २०७७ सालमै निवेदन दिएको छ। कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बलेफी हाइड्रोपावर लिमीटेड र ग्लोबल आइएमई क्यापिटलबीच  सो सम्बन्धमा एक सम्झौता भएको छ ।

निष्कासन सम्बन्धी सम्झौता–पत्रमा हाईड्रोपावरका कार्यकारी अध्यक्ष उमेश कसजु र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले ३६ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ ।आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८२ करोड पुग्नेछ ।

हाल चुक्ता पूँजी १ अर्ब ४६ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको शेयर रेसियो ७०ः३० हुनेछ । सुरुमा आयोजना प्रभावित सिन्धुपाल्चोकबासीका लागि र त्यसपछि सर्वसाधारणका लागि आइपीओ निश्कासन हुनेछ ।यस हाइड्रोपावर आयोजनाको कुल लागत ६ अर्ब ८ करोड ८० लाख रुपैयाँ रहेको छ ।

प्रतिमेगावट लागत १६ करोड ९० लाख रुपैयाँ पर्नेछ । यसले सिन्धुपाल्चोकमा ३६ मेगावट क्षेमता भएको अपर बलेफी “ए” निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस