क्यूआर कोड र इसेवाबाट एमालेलाई चन्दा !

नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा गरिने खर्च उठाउन क्यूआर कोड सार्वजनिक गरेको छ ।

कार्यकर्ता  र सुभेच्छुकलाई न्युनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो। महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै इसेवा र फोन पेबाट न्युनतम १०० रुपैयाँ जम्मा गर्न भनेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सदस्यलाई आफ्नो सदस्यता नम्बरसहित सहयोगको अपिल गरिएको र सुभेच्छुकलाई परिचयसहित सहयोग गर्न आग्रह गरिएको बताए ।

यसअघि एमालेले राष्ट्रिय वाणिज्य बैंक टेकुमा रहेको पार्टीको खातामा रकम जम्मा गर्न भनेको थियो । तर, लोगो सार्वजनकि गर्न आयोजित कार्यक्रममा भने चन्दाका लागि क्यूआर कोड, इसेवा र फोन पे सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।